आमाघरमा राखिएका ३२ जना बालबालिकाको उद्धार, दिलशोभामाथि यौन दूराचारको आरोपमा समेत छानबिन

काठमाडौं, फाल्गुन १४ । राजधानीको रवीभवनस्थित दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघरमा राखिएका ३२ जना बालबालिका असुरक्षित रहेको भन्दै केन्द्रीय बालकल्याण समितिले उनीहरुको उद्धार गरेको छ । संस्था दर्तासमेत नगरी र न्यूनतम भौतिक पूर्वाधारसमेत तयार नगरी बालबालिका राखिएकाले उनीहरु असुरक्षित भएको कारण उद्धार गरिएको समितिले जनाएको छ ।
२०५६ सालमा स्थापना भएको आमा घरमा राखिएका बालबालिकालाई अन्यत्र श्रमिकको रुपमा काम गर्न पठाउने गरेको पाइएको पनि समितिले जनाएको छ । अनुगमनको क्रममा समितिले बालबालिकालाई मापदण्ड विपरित फोहोर र दुर्गन्धित ठाउमा राखेको पाइएको र पटक