गोपाल भट्टराई
सन्धिखर्क, अर्घाखाँची (फागुन १३ मंगलवार २०७०) । अ.ने.रा.स्व.वि.यू (छैठौ ) अर्घाखाँचीको २१ औ जिल्ला सम्मेलन नया नेतृत्व चयन गर्दै यहि फागुन ९ र १० गते जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ।
सम्मेलनको उद्घाटन गर्दै अखिल (छैठौ)का केन्द्रय अध्यक्ष अनिलकिशोर घिमिरेले शिक्षा क्षेत्रबाट नेपाल सरकार पन्छिदै गएको र शिक्षालाईव्यापार गर्ने साधनका रुपमा लिने क्रम बढेका कारणले हाम्रो देशको शिक्षा युवा वेरोजगार उत्पादन गर्ने उद्योगको रुपमा परिणत भएको बताएका थिए ।
यस्तो बुर्जुवा शिक्षा हटाई जनवादि तथा व्यवहारिक शिक्षा प्राप्तिको निम्ति सम्पुर्ण वामपन्थी प्रगतीशिल विद्यार्थीहरु
एकजुट भई संघर्ष गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा रा.ज.मो.राप्ती -लुम्बिनीका क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी. केन्द्रीय वैकल्पीक सदस्य तथा जिल्ला अध्यक्ष झविलाल थापा ,जिल्ला सदस्य कृष्ण के.सी. ,ने.क.पा. (मसाल) का जिल्ला प्रवक्ता थम्मन के.सी.,अखिल (छैठौा) राप्ती लुम्विनीका संयोजक देवेन्द्र कुावर ,अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का जिल्ला अध्यक्ष सिद्धि भट्टराई ,अखिल नेपाल युवक संघका जिल्ला प्रतिनिधी साजन वली , अखिल नेपाल जनजाती सम्मेलनकी केन्द्रीय सदस्य उषा पुन, प्रगतिशिल पत्रकार संघका जिल्ला सचिव श्याम प्रसाद घिमिरे , रक्तीम सांस्कृतिक अभियान की केन्द्रीय सदस्य मञ्जु राना लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
उद्घाटन सत्र पछी रा.ज.मो. पार्टी कार्यालय अर्घाखााचीको सभा