काठमाडौ, फाल्गुन १६ – उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउने बताएका छन् ।
दलहरूले संविधानसभा चुनावमै प्रतिबद्धता व्यक्त गरेकाले सरकार स्थानीय निकायको निर्वाचनमा केन्द्रित भएको बिहीबार राजधानीको एक कार्यक्रममा उनले जनाए ।
२०५४ मा निर्वाचित जनप्रतिनिधिको म्याद २०५९ मा सकिएपछि ११ वर्षदेखि स्थानीय निकाय रिक्त छ । गाविस, नगरपालिका र जिविस कर्मचारी र जनताप्रति जवाफदेही नभएको सर्वदलीय संयन्त्रका भरमा सञ्चालन हुँदै आएका छन् ।
खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गर्न कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाबीच भएको सातबुँदे सहमतिमा संविधानसभा चुनावको छ महिनाभित्रै स्थानीय निकायको निर्वाचन गर्ने उल्लेख छ ।
EKANTIPUR
प्रकाशित मिति: २०७० फाल्गुन १६