थाइल्याण्डकी प्रधानमन्त्री यिङलक शिनावात्रा विरुद्ध खाद्यान्न योजनामा अनियमितता गरेको आरोपमा मुद्दा सुरु

थाइल्याण्डकी प्रधानमन्त्री यिङलक शिनावात्रा विरुद्ध खाद्यान्न योजनामा अनियमितता गरेको आरोपमा मुद्दा सुरु भएको छ । सरकारी सहुलियतको चामल योजनामा अनियमतिता गरेको आरोपमा यिङलक विरुद्ध चलेको मुद्दाको सुनुवाईका लागि उनले राष्ट्रिय भ्रष्टाचार विरुद्धको समितिमा आफ्नो वकिल पठाएको  छ ।
यिङलक भने उत्तरी सहर चियाङ राई पुगेकी छिन् । प्रधानमन्त्री यिङलकले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी छिन् । उनलाई हटाउन गत नोभेम्बरबाट सडकमा रहेका विपक्षीहरुले भने सरकारी सहुलियतको चामल योजनामा उनले व्यापक भ्रष्टाचार गरेको दाबी गरेका छन् ।
किसानहरु माझ पहिला लोकप्रिय रहेको सहुलियत चामल योजना अन्तर्गत पछि चामल निर्यातमा ४ करोड ४० लाख घाटा भएको बताइन्छ ।
यिङलक दोषी ठहर भएमा उनी पदबाट हट्नुपर्ने हुन्छ भने पाँच वर्षसम्म राजनीतिक गर्न प्रतिबन्ध लाग्ने छ । एजेन्सी