नेपाल पत्रकार महासंघ अर्घाखाँचीको पाँचौ जिल्ला अधिबेशन आज सन्धिखर्कमा सम्पन्न भएको छ । अधिबेशनले शोभाखर पन्थीको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ ।
हिजोदेखी शुरु भएको अधिबेशनमा राजनितिक सहमती कायम भएपनि सर्वसम्मत हुन नसकेपछि आज भएको निर्वाचनले पन्थीको नेतृत्वमा नयाँ कार्य समितिको टुंगो लगाएको हो । जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले बाँडफाँड गरी प्यानल बनाएकोमा अध्यक्षमा सहयोगी वि.सी. र सह सचिवमा हरिप्रसाद भुसालको पनि उम्मेदवारी परेपछि यी दुई पदमा निर्वाचन भएको थियो ।
चुनावमा जम्मा सद्स्य सख्या ९५ रहे तापनी मतदानमा मतदान गर्ने ६७ जना सद्स्यको उपस्तिथी रहेकोमा अध्यक्षका उमेद्वार शोभाखर पन्थीले ५३ मत पाए भने उनका निकटतम प्रतिद्वन्दी उमेद्वार सहयोगी बि सि ले जम्मा ८ मत पाएका थिए ।
यसै गरी स सचिबको पदमा भ्एको प्रतिस्प्रर्धामा स- सचिबका उमेद्वार मेहर सिंह के सी ले ५४ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्दी उमेद्वार हरी प्रसाद भुसालले जम्मा ६ मत पाएका थिए । भने ६ मत बदर भ्एका थिए ।
अन्य पदहरुमा एउटामात्र उम्मेदवारी भएपछि निर्विरोध भएको छ । जस अनुसार उपाध्यक्षमा नेकपा एमालेबाट हिम बहादुर जि.सी. लेकाली, सचिवमा नेपाली काँग्रेसबाट प्रेम आचार्य, कोषाध्यक्षमा एकीकृत माओवादीबाट गणेश खनाल सहित सदस्यहरुमा भगवता पाण्डे, जितेन्द्र खत्री, राधा नेपाली, पार्वता श्रेष्ठ र सविता आचार्य रहेका छन् ।
यस अघि निर्वाचनको पूर्वसन्ध्यामा पार्टी निकटका सुभेच्छुक संगठनहरुले निर्वाचनमा अनिवार्य पार्टीका उम्मेदवारहरुलाई मतदान गर्न ह्वीप जारी गरेको थिए । सहमती कायम गर्न अन्तिम पहल गरिए पनि सहमती जुट्न नसकेपछि चुनाव भएको थियो ।
पूर्ण बिबरण:-
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको पाचौ जिल्ला अधिबेशन
कार्य समिती :-
अध्यक्ष सोभाखर पन्थी , उपाध्याक्ष हिमबहादुर जि.सी लेकाली ,सचिब प्रेम नारायण आचार्य ; सह सचिब – मेहर सिंह के सी, कोषाध्यक्ष गणेष खनाल
सदस्यमा:-
पार्वता श्रेष्ठ ,रुद्रमणी भुसाल , सबिता आचार्य , जितेन्र्द खत्री , भगवता पाण्डे , र राधा नेपाली
केन्द्रिय पार्सद :-
बिष्णु प्रसाद भुसाल , निम बहादुर रिजाल , सुर्य प्रशाद भुसाल , बिरेन्द्र के सी , अशोक खनाल , ॠषि राम भुसाल , राजेन्द्र आचार्य , हरी भट्टराई , शालिक राम आचार्य , अर्जुन भुसाल , मधु कुमार श्रेष्ठ , कमल बिस्ट , माधव बेल्बासे ,र बिजय के सी रहेका छन ।
तस्बिर अर्घाखाँची डट कम