उदयपुर र धनकुटा क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

उदयपुर/धनकुटा फाल्गुन २१ । उदयपुरको बेल्टारमा रहेको ज्योति जनता वहुमुखि क्याम्पस बिगत २० दिनदेखि बन्द रहेको छ । तलव भत्ता नपाएको भन्दै क्याम्पसका प्राध्यापकहरु आन्दोलनमा उत्रिएपछि २० दिन देखि क्याम्पसमा पठनपाठन लगायत प्रशासनिक काम समेत ठप्प बनेको छ ।
२०६५ सालमा त्रिभुवन विश्व विद्यालयबाट शिक्षा शास्त्र संकाय र वाणिज्य संकाय तर्फ संवन्धन पाएको उक्त क्याम्पसमा एक सयको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । क्याम्पसका कर्मचारीहरुले गत बर्षको जेष्ठ महिना देखिको तलव पाउन बांकी छ ।
क्याम्पसमा पांच जना पूर्णकालिन, सात जान आंशिक र तीन जना कर्मचारी रहेका छन् । क्याम्पसमा राजनीतिक भागवन्डाको कारण संचालक समिती समेत गठन हुन सकेको छैन । उता, क्याम्पसको ताला खोल्नुपर्ने र पढाई सुचारु गर्नु पर्ने माग गर्दै आजदेखि क्याम्पसका बिद्यार्थी समेत आन्दोलनमा उत्रिएका छन् ।
यता, क्याम्पसमा देखिएको समस्यालाई समाधान गर्न क्याम्पस प्रशासनले गरेको सहमती कार्यन्वयन नगरेको भन्दै धनकुटा वहुमुखी क्याम्पसमा पुन अनिश्चितकालिन तालाबन्दी भएको छ । स्थानीय शान्ति समितिमा माघ २२ गते क्याम्पस प्रशासन, आन्दोलनरत प्राध्यापक र विद्यार्थी संगठनहरु विच भएको सहमति कार्यान्वायन नगरेको भन्दै क्याम्पसका प्राध्यापक, अनेरास्ववियु, नेवि संघ र अखिल क्रान्तिकारीले अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
आन्दोलनकारीले क्याम्पस प्रमुखको कार्यकक्ष, परीक्षा शाखा ,कोर्डिनेटरको कार्यालय र प्रशासनमा ताला लगाएका छन् । गत माघमा फाल्गुन ५ गते भित्र क्याम्पसमको सञ्चालक समिति, व्यवस्थापन समिति र साधारणसभा गरी क्याम्पसका समस्याहरु समाधान गर्ने प्रतिबद्धता क्याम्पस प्रमुख र प्रशासनले जनाएपछि क्याम्पस प्रशासन तथा बिभिन्न शाखामा लागेको ताला खोलिएको थियो ।   IMAGECHANNELS