– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २२ फागुन । अर्घाखाँचीको सन्धिखर्कमा एआरटी सेन्टर स्थापना हुन थाले पछि जिल्लाका एच आइभी संक्रमितहरु अत्यन्तै हर्षित भएका छन ।
जिल्लामा रहेका एचआइभी संक्रमीतहरु लामो समय देखि एआरटी लिन बुटबल, काठमाण्डौ लगायतका स्थानमा जानु पर्ने बाद्यता रहेको थियो । ५५ जनाले अहिले पनि नियमित रुपमा एआरटी नामक औषधी लिने गरेका छन ।
अहिले सम्म जिल्लामा १ सय १६ जना एच आइभी संक्रमीत फेला परेकोमा २५ जनाको एचआइभीका कारण मृत्यु भएको छ । मृत्यु भएका मध्ये २ जना बालबालिका पनि रहेका छन ।
एच आइभीको क्षेत्रमा काम गरिरहेको सस्था सक्रिय सेवा समाजले स्थानीय सञ्चारकर्मिका लागि आज सन्धिखर्कमा गरेको कार्यक्रममा सस्थाका जिल्ला कार्यक्रम संयोजक बालकृष्ण खत्रीले एआरटी स्थापनाका लागि सबै प्रकृया पुरा भैसकेको र अब केहि दिनमै सन्धिखर्कबाट एआरटी बितरण गर्ने जानकारी दिए ।
एचआईभी भन्ने वित्तिकै अझैपनि समाजमा डराउने ,लाज मान्ने ,नराम्रो व्यवहार गर्नेलाई मात्र एचआईभी हुन्छ भन्ने संकाले यसलाई लुकाएर बस्ने र अन्तिममा एकदमै ग्रस्त भइसकेपछि भिसिटी सेन्टरमा रगत परिक्षण गर्न आउने गरेका छन ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।