काठमाडौं, फाल्गुन २२ । व्यवस्थापिका संसदको बिहीबारको बैठक गणपुरक संख्या नपुगेर स्थगित भएको छ । सुपुर्दर्गी संन्धि सम्बन्धी अध्यादेश पेश भएर छलफल चलिरहेको बेला एकीकृत माओवादीका सभासद रामनारायण विडारीले बैठक सञ्चालनका लागि आवश्यक सांसदको संख्या नपुगेको कुरा उठाएपछि जनाऊ घण्टी बजाएर सांसद गणना गरिएको थियो ।
बैठक सञ्चालनका लागि संसदमा रहेका ५ सय ७३ सभासद मध्ये एक तिहाइ अर्थात १ सय ४३ सांसदको उपस्थिति आवश्यकपर्नेमा १ सय २७ जनाको मात्र उपस्थिति रहेको पाइएको थियो ।
संविधान लेखन पूरा गर्न संविधानसभाको दोस्रो निर्वाचन भएको ४ महिना नपुग्दै संसदको काम कारबाहीमा सांसदहरुको उदासीनता देखिएको छ । बैठकमा मन्त्री र सत्तारुढ दलकै सभासदहरुको अनुपस्थिति रहेको थियो । IMAGECHANNELS