यस्तो पनि हुँदोरहेछ……..

बाबु रोका मगर”अपरिचित” 
असुरकोट-९, जोगिटारी, अर्घाखाँची 
कुरो हाल चालै को हो ठीक भ्यालेन्टाइन डे को अघिल्लो दिन राती को खाना खाएर म मन मा कुनै कुरा को ख्याल न राखी आफ्नो बिस्तारा मा बेलेङ्केट भित्र घुसे | रातिको साडे दश बजेको थियो बेलेङ्केट को तातो ले निन्द्रा पनि मज्जा को लागेको थियो झ्याप्प निदाउन पुगेछु | निन्द्रा पछी को अर्को जिन्दगी बेग्लै दुनियाँ जो झुटो पनि हुन्छ र कहिले काँही सत्य पनि हुने रहेछ मत्लब निदाएको बेला देखिने दृश्य “सपना”|
अन्जान ठाउँ ठुलो घना जङल को बिच मा सानो नदी बगी रहेको थियो त्यहाँ म एक्लै थिए तर म त्यहाँ किन र कसरी पुगे म आँफैलाई नै पत्तो थिएन म यता उता हेर्थे कोही पनि देख्दैन थे | अचानक मेरा आँखा भुइँ तिर पुगे मेरो नजिकै एउटा ठुलो ‘गोही’ जसले मलाई आक्रमण गर्ने पुरा तयारी मा थियो | फेरी म आफुलाई त्यो दुश्ट गोही बाट बचाउन भाग्न को लागि पछी फर्किए मेरो पछाडि तिर पनि झन ठुलो अजिङ्गर? म डर ले आलकाल परे भाग्न खोज्छु पाइला नै नचल्ने म बेस्सरी चिच्याए तर मेरो आवाज कसैले पनि सुनेनन किन कि त्यो जङल को बिच नदी मा अरु किन पो हुन्थे र? गोही र अजिङ्गर मलाई खान को लागि नै होला म तिर नै झम्टी न पुगे म कस्सो गरेर तिनिहरु लाई छ्ल्दै भाग्न लागे फेरी नदी तरेर भाग्न खोज्दै थिए नजिकैको नदी उर्लिदै आयो म ठुलो आपात मा परे एता जाउ गोही र अजिङ्गर उता जाउ उर्लिएको नदी को भेल | 
म छट्पटाए के गरु कसो गरु? मेरा यि आँखा झ्याप्प एउटी अन्जान जीवन मा कहिल्यै न देखेको   युवती लाई देख्न पुगेछन म आपत मा परेको देखेर नै होला उसले मलाई बचाउने तरिकाले मेरो मद्दतको लागि दौडिदै मलाई हात दिई र म पनि उसलाई हात दिए उसले मलाई तानेर सुरक्षित ठाउँ मा पुर्याइ ति युवती सँग मेरो कुनै चिनाजानी नै थिएन हामी बिच कुनै कुरा पनि भएन उसले मलाई हेरी रही म पनि उसलाई हेरी रहे गोरो गोरो लाम्चो मुहार कपाल रबर ब्यान्ड ले बाँधेकी थिई चट्ट परेको जिउडाल समग्र मा भन्नु पर्दा उ एउटी मोर्डन टाइप कि थि ई| सुन्दरी थिई कुनै फिल्म को हिरोइन भन्दा कम थीईनी  उ नबोली मेरो नजिकै आइ तर किन आइकी हो मैले बुझ्न सकेको थिएन | म एकहोरो उसलाई हेरी रहे मलाई यस्तो लागि रहेको थियो कि उ मलाई पहिले देखी नै चिनेकी छे जानेकी छे उ मेरो नजिकै आइ र मेरो आँखामा आँखा जुदाएर मलाई कुन्नी के गर्न लागि म लाजले भूतुक्कै भए |
ठ्याक्कै हलिउड फिल्म को दृश्य भन्दा कम थिएन तर फिल्म मा हिरो ले हिरोइन लाई बचाउछ मलाई त हिरोइन ले आएर बचाइन | कम्फु कराँते त अली अली मलाई पनि आउछ तर त्यती बेला त्यो कम्फु कराँते को कुनै काम लागेन काम लागिन त ति राम्री युवती |
म झस्किएर जागे मेरो हात मा घडी थिएन आँखा मिच्दै मोबाइल मा हेरे को त पौने चार भएको रहेछ | ए बल्ल चार बज्न लागेको रहेछ भन्दै फेरी बेलेङ्केट भित्र घुसे म सधैं मन्डे टु फ्राइडे मोबाइल मा ठीक पौने सात बजेको अलाराम सेट गरेर सुत्छु सदा को जस्तै आज पनी त्यही  समय मा अलाराम बज्यो र म पनि उठे आदा घण्टा मा तयारी भएर अफिस तिर लागे | 
मैले काम गर्ने अफिस हरियाणा राज्य को गूड्गाव को साइबर सिटी मा छ म अफिस पुगे पछी अफिस कै काम ले मलाई दिल्ली जानु पर्‍यो | अफिस को बोस ले भन्नु भयो आज कम्पनी को गाडी सबै बुक भएका छन तिमी ट्याक्सी हाएर गरेर जाउ मैले भने ठिकै छ मलाई काम पुरा गर्नु छ म जसरी भएपनी काम गरेर आउछु भनेर म अफिस बाट निस्किए |  सिकन्दरपुर को मेट्रो स्टेसन बाट जहाङिरपुरी को मेट्रो मा पसे मेट्रो पुरै भरिएको थियो बस्ने सिट कतै खाली थिएन म मेट्रो को सरीयामा आड लागेर उभिएको थिए | अर्जनगढ मेट्रो स्टेसन पुगे पछी राती जो मैले सपना मा देखेको थिए ठ्याक्कै त्यही युवती मेट्रो मा प्रवेश गरी | जो युवती लाई मैले हिजो रातीको सपना मा भन्दा पहिले कहिल्यै कहीँकतै देखेकै थिएन आज अचानक सपनामा देखेको मान्छे बिपना मा देख्न पाउदा म आश्चर्य मा परे  
उ पछील्लो डिब्बाको ढोका बाट भित्र प्रबेश गरी मेरा आँखा त्यो युवती मा गयो उसले पनि सायद खाली सिट खोज्दै थिई यता उती हेर्दै गर्दा उसको र मेरो आँखा को जुदाइ भयो उ मलाई हेर्दै मुस्कुराइ उ मुस्कुराउदा उसको मुस्कान ले सिदा मलाई चिनेर नै तिखो बाँण हिर्काएको जस्तो लाग्थ्यो | मलाई भने कता कता डर लागेको जस्तो फिल भईरहेको थियो अचम्म लाग्यो मलाई | सेम उही पहिरन, सकल उही जस्तो सपना मा थिई उस्तै? उ हात मा मोबाइल खेलाउदै लच्किदै,मस्किदै  मेरो नजिक आइपुगी म उभिएको नजिकै उ पनि उभीई म उसको सामु केही बोल्नै सकेन उ त केटी मान्छे किन पो बोल्थी र? त्यो पनि म अन्जान मान्छे सँग? सपना त मैले देखेको थिए उसले त पक्कै देखेकी थि न होला | उ सँग इन्टरडक्सन गरुँ कि जस्तो लाग्यो मलाई त्यो हिजो देखेको सपना को कुरा गरेर उसलाई बताउ कि जस्तो लाग्यो र उसलाई केही कुरा सोधौ भन्ने ख्याल आयो | फेरी म आँफैलाई गाली गर्दै भने ओए बेबकुफ के गर्न खोज्दै छस? अन्जान मान्छे सँग यसरी अगाडि न बढ? त्यो पनि सपना को कुरा लिएर? यतिका मान्छेको सामुन्ने सेन्डिल को नम्बर गाला मा चप्काउने बिचार गर्दै छस? फेरी म आफुलाई सम्हाले मलाई यस्तो लागि रहेको थियो सायद ति युवती र मेरो पुर्व जनम मा केही सम्बन्ध थियो किनकी यो जनम मा त हामी दुबैले एक अर्कोलाई चिन्दैनौ | 
जब उ मेरो नजिकै आएकी थिई मलाई यस्तो लागेको छ  उसलाई म धेरै पहिले बाट चिने को छु | ग्रिनपार्क मेट्रो स्टेसन पुग्दा सम्म उ मेरो नजिकै एउटै सरीया मा आड लगाएर पुग्यौ केहीक्षेण पछी सायद उसलाई त्यहाँ असजिलो लागे जस्तो भएर होला उ लेडिज डिब्बा तिर मस्किदै लागि उसको हिँडाइ,बान्की परेको जिउडाल,सुन्दर  रुप र हेर्ने नजर ले मलाई मदहोस बनायो | लेडिज डिब्बा मा पुगेर मलाई फेरी पनि हेरेर मुस्कुराइ | उ मलाई हेरेर किन मुस्कुराउथी मैले बुझ्न सकेको थिएन? तर म उसलाई किन हेरी रहन पुगे किनकी हिजो देखेको सपना को युवती र यि युवती मा कुनै कुराको फरक थिएन | म उसलाई लुकेर अन्जान तरिका ले हेरीरहे तर उसको र मेरो न सपना मा कुराकानी भयो न त बिपना मा भेट हुँदा कुरा हुन सक्यो | भन्छन नि कोही बोलेर पछुताउछन कोही न बोलेर पछुताउछन म न बोलेर नै पछुताएको छु | 
त्यतीबेला मैले एउटा ठुलो मिस्टेक गर्न पुगेछु त्यो मिस्टेक हो उसको फोटो खिच्नु पर्ने तर उसलाई देखे पछी त मैले आफुलाई नै भुल्न थाले को थि ए| 
त्यो दिन (प्रेम दिवस) यानी भ्यालेन्टाईन दिन थियो हुन सक्छ माथि बाट हामीलाई यो दिन एक अर्कोलाई चिन्ने अबसर दिएका थिए? अर्थ जस्तो लगाए पनि हुन्छ तर यो मेरो जीवन को रहश्यमय सपना अनी दिन बनेको छ | कहिले काँही त्यो मेट्रो मा यात्रा गर्दा मेरा यि प्यासी आँखा ले उसको सुगन्ध र उसलाई नियाल्द छन |  अनी यो गीत गुनगुनाउछु |    
को होला त्यो म सँग आँखा जुधाउने 
नचिने नि म सँग अली लजाउने |
को होला त्यो मलाई हेरी रहने 
आँखा तरदै पाइला सारी रहने | 
बोलेको भए हुनेथ्यो मैले 
पछुतो लाग्छ मलाई अहिले |
को होला त्यो म सँग आँखा जुधाउने 
नचिने नि म सँग अली लजाउने |
केही महिना अघी सुनिल गिरी को आवाज मा रहेको यो गीत मैले यु ट्युव मा देखेको अनी सुनेको थिए| जो गीत यो मेरो घटना सँग अती नै मेल खान्छ | अचम्म लाग्छ मलाई यस्तो पनि हुँदोरहेछ कहिले काँही यो गीत त्यो सपना, त्यो बिपना  अनी त्यो दिन 
घटना कुनै काल्पनिक होइन