काठमाडौं, फाल्गुन २४ । विश्वभर आज एक सय चारौं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदैछ । यसक्रममा नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदैछ । सरकारी र गैरसरकारी स्तरमा विभिन्न कार्यक्रम गरिँदै छन् । यस वर्ष अन्तर्राष्ट्रिय स्तरमा समानता महिलाका लागि, प्रगति सबैका लागि भन्ने सन्देश तय गरिएको छ ।
नेपालमा भने महिला नेतृत्वका लागि होउँ जम्मा, घरदेखि संविधानसम्म भन्ने सन्देशका साथ यो दिवस मनाइदैछ । मार्च ८ का दिन मनाइने यस दिवसको शुरुवात राजनीतिक अधिकार प्राप्तिको आन्दोलनबाट शुरु भएको इतिहास छ ।
अहिले यसको दायरा बढ्दै महिला अधिकार, महिला सशक्तिकरण र समानता जस्ता विषयमा समान ढंगले काम भैरहेका छन् । अन्तर्राष्ट्रिय नारी दिवस न्यूयोर्कका महिलाले गरेका संघर्षको स्मृतिमा मनाइएको हो ।
सन् १९०७ को मार्च ८ का दिन महिलालाई उचित ज्याला र १० घन्टा कार्य दिनको माग गर्दै संघर्ष सुरु गरिएको थियो । सन् १९०८ मार्च ८ कै दिन श्रमिक महिलाले मताधिकार पाउनुपर्ने माग अघि सारे । सोही दिनको सम्झनामा सन् १९१० देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो । IMAGECHANNELS