प्रधानमन्त्री र एमाले झलनाथ खनालबीच भेटवार्ता, जतिसक्दो चाँडो स्थानीय निकायको चुनाव गर्ने विषयमा छलफल

प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच भेटवार्ता भएको थियो । डल्लुस्थित खनाल निवासमा भएको भेटमा जतिसक्दो चाँडो स्थानीय निकायको चुनाव गर्ने विषयमा छलफल भएको थियो । 
संविधानको प्रमाणीकरण सम्बन्धी विवाद, साना दलहरुको सरकारमा सहभागिता लगायत विषयमा पनि दुई नेताबीच छलफल भएको थियो ।
त्यसक्रममा सहमतिका आधारमा मन्त्रिपरिषदबाट मनोनयन हुने २६ सभासदबारे पनि छलफल भएको बुझिएको छ ।
यसैगरी, हिजै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले पनि राष्ट्रपति डा. यादवसँग भेट गरी संविधानसभामा भैरहेका काम कारबाहीबारे जानकारी गराएका थिए । Imagechannels