काठमाडौं, फाल्गुन २६ । संविधानसभा नियमावलीमा देखिएको विवाद मिलाउन नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीच छलफल भैरहेको छ । दुई दलबीच संविधान प्रमाणीकरण कसले गर्ने भन्नेमा सहमति नबन्दा नियमावलीले अन्तिम रुप पाउन सकेको छैन ।
कांग्रेस नयाँ संविधानको प्रमाणीकरण राष्ट्रपतिले गर्नुपर्ने तथा एमाले संविधानसभाको अध्यक्षले गर्न पाउनुपर्ने पक्षमा रहेकाले नियमावलीमा सहमति बन्न नसकेको हो । बीचको बाटोबाट समाधान खोज्न नेताहरु लागेका छन् ।
मस्यौदा समिति मार्फत सहमति खोज्न फाल्गुन २७ गतेसम्मका लागि म्याद तोकिएको छ । ह्वीप, ककस र संविधानको प्रमाणीकरणमा मुख्य विवाद रहेको छ । IMAGECHANNELS