बागी गाविस खुल्ला दिशा मुक्त गाविस, खुसीयालीमा स्थानीय छमछमी नाचे

गणेश खनाल
बागी २०७० फागुन २७ मंगलवार । अर्घाखाँची जिल्लाको बागी गाविस खुला दिशा मुत्त क्षेत्र घोषणा भएको छ । स्थानीय विकास अधिकारी हेमराज भुसालले आज एक समाहरोका विच वागीलाई खुल्ला दिशा मुत्त गाविस घोषणा गर्नुभएको हो । घोषणा संग बागी गाविका स्थानीय जनता बाजागाजा सहित छमछमी नाचेका थिए । वागी गाविस ८ औ गाविसको रुपमा घोषणा भएको हो । 
स्थानीय विकास अधिकारी हेमराज भुसाल,जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीका प्रमुख कृष्णाहरि सुवेदीले मन्तव्य राख्दैै बागी गाविसले विकासमा अर्को फड्को मारेको बताएका थिए । 
सचेतताको केन्द्र रहेको बागी गाविसलाई हरेक हिसावले नमुना गाविसको रुपमा विकास गर्न कार्याक्रममा बोल्ने बक्ताले जोड दिए थिए । यसरी मन्तव्य राख्नेहरुमा नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल,नेकपा एमालेका जिल्ला सचिव राम बहादुर चौहान,एमाओवादी जिल्ला आयोजक सम्मेलन समितीका सदस्य गोविन्द के सी, नेकपा माओवादीका योगेन्द्र चौहान, राजमोका कृष्णा के सी, महिला नेतृ निर्मला क्षेत्री, श्रोत व्यक्ति विष्णु प्रोखेल लगाएताका हुनुहुन्थ्यो । 
गाविस सचिव मणिराम प्रोखेलको अध्यक्षता भिवास सिसिका सदस्य सचिव तिलक मिश्रको सञ्चालन,शान्ति उच्च मावीका  प्राचार्य मान बहादुर पाण्डेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा युनयान ह्याविटका जिल्ला संयोजक विष्णु दवाडी, नेष्ट जिल्ला संयोजक विनोद शर्मा, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हिम बहादुर जि सी, कोषध्यक्ष गणेश खनाल, सुर्यदय एफएफका स्टेशन म्यानेजर ह्रदय भुसाल, पत्रकार नविन केसी, प्रदिप भुसाल, वाल क्लवका प्रदिप वि क, स्वयसेवीका चन्द्र बस्नेत लगाएतले मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रममा सरसफाईमा उष्कृट हुने जनता प्रावि र सिद्ध मावी तथा सरसफाईमा विशेश योगदान गर्ने तिलक टण्डनलाई कार्यक्रम सम्मान गरिएको जनाईएको छ । 
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु