काठमाडौं, फाल्गुन २६ । हतियारसहित पक्राउ परेका नेवि संघका पाँच जना कार्यकर्तालाई रिहाई गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको विषयमा बन्दी प्रत्यक्षीकरण गराइरहनु नपर्ने ठहर गर्दै आज रिट खारेज गरेको हो ।
नेविसंघ कार्यकर्ता एवं शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, सचिन शर्मा, लीलाबहादुर खड्कासहित पाँच जना नेवि संघ कार्यकर्तालाई प्रहरीले यही फाल्गुन १९ गते काठमाडौंबाट हतियारसहित पक्राउ गरेको थियो ।
एउटा पेस्तोल र दुइवटा बन्दुकसहित बिहान तीन बजे उनीहरु पक्राउ परेका थिए । उनीहरु पक्राउ परेपछि नेवि संघले रिहाइको माग गर्दै केही दिनयता क्याम्पस क्षेत्रमा प्रंदर्शन र तोडफोड गर्दै आएको छ ।
प्रहरीले भने हतियारसहित पक्राउ परेकाहरुलाई अनुसन्धान पूरा नभइ छाड्न नमिल्ने स्पष्ट पारेको छ । प्रहरी नियन्त्रणमा रहेका शुभराम बस्नेतका भाइले समातिएका हतियार मध्ये एउटाको मात्रै लाइसेन्स नवीकरण नभएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए। IMAGECHANNELS