अर्घाखाँचीको बजेट १ अर्ब ९४ करोड ४९ लाख ५६ हजार

अर्जुन भुसाल 



सन्धिखर्क, अर्घाखाँची फागुन ३० ।  आगामी आर्थिक बर्ष  ०७१-७२ को लागि जिल्ला बिकास समिति अर्घाखाँचीले  १ अर्ब १७ करोड १३ लाख १८ हजार चालु र पुँजीगत तर्फ ७५ करोड ३६ लाख ३८ हजार गरि जम्मा १ अर्ब ९४ करोड ४९ लाख ५६ हजार अनुमानित बजेट विनियोजित गरेका छ । जिविसले  ०७१-७२ को आय १ करोड ७९ लाख ६३ हजार हुने अनुमान गरेको छ । 

 



 

२० औं जिल्ला परिषद मर्फत स्थानिय विकास अधिकारी हेमराज भुसालले  सो अनुमानित बजेट सार्वजनिक गरेका हुन  । आगामी ०७१-७२ का लागि २६ बुदे निति मार्ग दर्शनका साथै पाँच प्राथमिक क्षेत्र  निर्धारण गरिएको छ  । जसमा कृषि तथा पशुपालन व्यवसायको व्यवसायीकरण र स्वरोजगारमूलक कार्यक्रम, उद्योग पर्यटन बन तथा वैकल्पिक उर्जा, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सरसफाइ, भौतिक पूर्वाधारको स्तरोन्नती , सूचना र सञ्चारलाई प्राथमिकतामा राखिएको छ । 



जिविसले  विद्युतिकरण गर्न बाँकी रहेका जिल्लाको गोखुङ्गा सिमलपानी, सुर्वणखाल, पटौटी, पोखराथोक, जलुके जुकेना, सिद्धारा लगायतका गाविसलाई प्राथिमिकता दिने भएको छ । विद्युतको पहुँच नएका बस्तीहरु छनौट गरि वैकल्पिक उर्जा प्रणली मार्फत समेटने कार्यक्रम रहेको छ । सडक, मोटरेवल पुल,  झोलुंगे पुल विद्युतिकरण खानेपानी तथा सरसफाई लगायतका विकासका पुर्वाधार निर्माणलाई विशेष जोड दिइएको छ । 

 



 

कृषि र पशुपालनको विकासलाई पहिलो प्राथमिकतामा  राखेर यस सम्बन्धि विभिन्न योजनाहरु अघि वढाइने स्थानिय विकास अधिकारी भुसालले बताए । उनले अतिरित्त, जिविस अनुदान र आन्तरिक कोषबाट मात्रै ५५ लाख रुपौयाँ छुट्टाइएको बताए । पशुपालन तर्फ आगामी आर्थिक वर्षमा जिल्ला पशु सेवा कार्यालयको अगुवाईमा ४२ ओटै गाविसमा अल मिसन तथा फोरेज मिसन कार्यक्रम मार्फत पशु नश्ल सुधार गर्नुका साथै दुग्ध उत्पादनमा उल्लेश्य वृद्धि गरिने भएको छ ।

 



 

जिल्लालाई सन २०१४ सम्म खुल्ला दिसामुक्त बनाउने कार्यलाई अभियानका रुपमा अघि बढाएको जिविसले बताएको छ । हाल सम्म १९ ओटा गाविस खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । ९५ प्रतिशत घरधुरीमा पक्की शैचालय निर्माण भएका छन् । जिविसले रक्त सञ्चार केन्द्र स्थापना गर्न  तिन लाख रुपौयाँ  छुट्टाएको छ । जिविसले महिला दलित, जनजाति लगायत अन्य लक्षित समुहको लागि विभिन्न प्रकारका स्वरोजगार मूलक तालिम सिप विकास, सशक्तिकरणका तालिमहरु, कृषि र पशुपालन सँग सम्बन्धित आयआर्जन र उत्पादन मूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

 



 

२० औ  जिल्ला परिषदलाई सम्वोधन गदै एकिकृत नेकपा माओबादीका नेता तथा   पुर्व मन्त्री टोपबहादुर रायमाझीले जिल्लाको विकासका लागि कृषि क्षेत्रलाई व्यवसायीकिकरण गर्नु पर्नेमा जोड दिए । उनले सबै राजनीतिक दलको सहकार्यमा विकासका कामले पूर्णता पाउने बताए । उनले सालझन्ढी ढोरपाटन सडक  सम्पन्न भएपछि  अर्घाखाँची पनि पर्यटकीय गन्तव्य बन्ने बताए  । उनले संविधान जारी नभए सम्म स्थानिय निकायको निर्वाचन संभव नभएको स्पष्ट पारे । 



 नेकपा एमालेका नेता तथा अघाखाँची क्षेत्र नंं. २ का सभाषद डा दुमन थापाले दिगो विकासका लागि गुरु योजना बनाएर लाग्नुपर्ने बताउँनुभयो । उनले अहिलेको विकासको गति ठिक ढङ्गले अघि नवढेको भन्दै यसलाई पारिमार्जित गर्नु पर्नेमा जोड दिए ।  उनले  अर्घाखाँचीलाई कृषि र पशुपालनबाट नमुना बनाउँन सकिने भएकाले सबैले आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए  ।

 



 

स्थानिय विकास अधिकारी हेमराज भुसालको अध्यक्षता, प्रशासकिय अधिकृत धु्रव गिरीको स्वागत मन्तव्य र शेषकान्त घिमिरेको सञ्चालनमा भएको  कार्यक्रममा पूर्व सभासद नजिर मिया , नेपाली कांग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल, नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्य, एमाओवादीका जिल्ला संयोजक चन्द्रबहादुर खडका, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसी, नेकपा माओवादीका केन्द्रिय सदस्य भेषराज भुसाल राप्रपाका नेपालका विरेन्द्र सेन, राप्रपाका दानप्रसाद बेल्वासे  मालेका जिल्ला सचिव केदार बेल्वासे,  लगायतले मन्तव्य रालेको थिए  । कार्यक्रममा जिल्ला स्थित कार्यालयका प्रमुख,नागरिक समाज वुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो । 

 

तस्बिरहरु: वीरेन्द्र केसी, अर्घाखाँची डट्कम


 


Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु