काठमाडौं, चैत्र १ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अबको १० महिनामा संविधान जारी हुने बताएका छन् ।
नेपाल लोकतान्त्रिक मगर संघ काठमाडौं जिल्ला कार्यसमितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले संघीयता र शासकीय स्वरुपको विषयमा छलफल गरी सहमतिका साथ अगाडि बढेर छिटो भन्दा छिटो संवधान जारी गर्नुपर्ने बताए ।
स्थानीय निकायको निर्वाचन छिटो गरेर स्थानीय निकायलाई स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा नेता नेपालको जोड थियो ।
केही पार्टीहरु सरकारको विरुद्धमा रहेको भन्दै नेता नेपालले सरकारलाई तोकिएको समयमा संविधान जारी गर्न सबैले सहयोग गर्नुपर्ने बताए । IMAGECHANNELS