प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १ चैत । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जिल्लामै अहिले सम्मकै सबै भन्दा ठुलो राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता हुने भएको छ ।
अर्घाखाँची युवा परिषदले चैत्र २७ गते देखि राष्ट्रब्यापी खुल्ला भलिवल प्रतियोगिताको आयोजन गर्ने भएको परिषदले सदरमुकाम सन्धिखर्कमा आज गरेको पत्रकार सम्मेलनमा नयाँ वर्षको अबसर पारेर खेल आयोजना गर्न लागिएको परिषदका अध्यक्ष कृष्णप्रसाद भुसालले जानकारी दिए ।
उनले खेलको प्रचारप्रसारलाई तीव्र पारि राष्ट्रिय स्तरका टिमहरुलाई पनि सहभागि गराउँने बताए । उनले राष्ट्रिय स्तरका क्लवहरुलाई खेलमा सहभागि गराउने गरि काम अगाडि बढाउने बताए ।
भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाइ एक लाख रुपैया नगद सहित शिल्ड , मेडल र प्रमाण पत्र , द्धितीय हुने टिमलाइ ५० हजार रुपैया नगद सहित शिल्ड , मेडल र प्रमाण पत्र र तृतीय हुने टिमलाइ २५ हजार रुपैया नगद सहित शिल्ड , मेडल र प्रमाण पत्र प्रदान गरिने परिसदका अध्यक्ष भुसालको भनाइ छ ।
जिल्लालाई राष्ट्रिय रुपमा परिचित गराइ आन्तरिक पर्यटनमा टेवा पु