संविधानसभाको तेस्रो ठूलो दल एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा गुटगत बैठकमा तीव्रता

काठमाडौं-संविधानसभाको तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा गुटगत बैठकले तीव्रता पाएको छ। पूर्वउपाध्यक्ष बाबुराम भट्टराईको ‘नयाँ शक्तिको उदय’ सम्बन्धी अवधारणा र करिब २ वर्षअघि छुट्टिएको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग संस्थापन पक्षले सुरु गरेको ‘कार्यगत एकता’ का कारण गुटगत बैठक हुन थालेका हुन्।
भट्टराईले सानेपास्थित निवासमा आफूनिकट नेता तथा बुद्धिजीवीलाई बोलाएर छलफल सुरु गरेका छन् भने अध्यक्ष पुष्पकमल दाहालनिकट नेताहरू लाजिम्पाट पुग्न थालेका छन्। दुवै पक्षले आ