पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्द, काठमाडौं लगायतका शहरहरु अस्तव्यस्त

काठमाडौं – काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा उत्रेका विद्यार्थीले सार्वजनिक बसमा आगजनी गरेका छन्। 
पुरानो बसपार्कमा रोकिराखेको बा २ ख ८७९ नम्बरको बसमा बन्दकर्ताले आगजनी गरेको हन्। काठमाडौंबाट दोलालघाटका लागि छुट्न लागेको बसमा उनीहरुले आजगनी गरेको प्रहरीले जनाएको छ। सत्तारुढ दलका र प्रतिपक्षका विद्यार्थी संगठनले आह्वान गरेको बन्दका कारण उपत्यकामा तुलनात्मक रुपमा कम गाडी चलेका छन्। 
मुल्य वृद्धि फिर्ता नभएसम्म आन्दोलन गर्ने बताइरहेका विद्यार्थी संगठनसँग चरण चरणमा गरिएको बार्ता असफल भएपछि विद्यार्थी संगठनहरुले बन्द गरेको बताएका छन्। सरकारले पेट्रोलियम पदार्थमा चर्को मुल्य वृद्धि गरेपछि अन्य उपभोग्य सामान र गाडी भाडा समेत बढ्न थालेको छ। मुल्य वृद्धिको संसदमा पनि सत्तारुढ दल र प्रतिपक्षमा रहेका पार्टीको विरोधले सरकार दबाबमा परेको छ।
बन्दमा उत्रेका अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा सहित तीन दर्जनभन्दा बढी बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
नागरिकन्युज