गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची चैत्र ५ । एमाओवादी अर्घाखाँची र नेकपा-माओवादी अर्घाखॉचीले बुधवार सयुक्त रुपमा नारावाजी सहित नारा जुलुस सहित प्रर्दशन गरेको छ ।
द्धन्द्धकालिन घटनालाई सत्य निरुपण आयोग, राज्यको अग्रगामी पुन: संरचना गरि नयॉ सविधान निर्माण गरि स्थानीय निर्वाचन गर्नु पर्ने, जनताको ढाड सेक्ने गरि गरिएको मुल्य बृद्धि फिर्ताको माग गदै दुवै माओवादीले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएका हुन् ।
एमाओवादीका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक चन्द्र बहादुुुर खड्का उज्ज्वल, नेकपा माओवादीका केन्द्रिय सदस्य भेषराज भुसालद्धारा जारी प्रेश विज्ञत्तीमा आफना माग सम्बोधन नगरिए थप आन्दोलन गर्ने जनाएको छ । माओवादी दुवैले जनयुद्ध दिवश पनि सयुक्त रुपमा एउटै मञ्च कार्यक्रम सम्पन्न गरेका थिए ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।