राष्ट्रपति रामवरण यावदले आज साँझ ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट खेलमा सहभागी नेपाली टिमका कप्तान पारस खड्कालाई टेलिफोन गरी बधाई तथा शुभकामना दिएका छन् । उनले नेपाली खेलाडीको प्रदर्शनबाट खुसी भएको र उनीहरुको सफलताका लागि बधाई दिएको शीतलनिवास स्रोतले जनाएको छ।
यसै गरी प्रधानमन्त्री सुशील कोइरालाले आज साँझ ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट खेलमा सहभागी नेपाली टिमका कप्तान पारस खड्कालाई टेलिफोन गरी बधाई तथा शुभकामना दिएका छन् ।
बङ्गलादेशको जहर अहम चौधरी रङ्गशालामा सम्पन्न खेलमा नेपाली टिमले प्रतिस्पर्धी अफगानिस्तानको टिमलाई ९ रनअन्तरले पराजित गरेपछि प्रधानमन्त्रीले नेपाली टिमलाई बधाई ज्ञापन गर्नुभएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्रीले भने,