संविधानसभाले शुक्रबार सर्वसम्मत रुपमा संविधानसभा तथा व्यवस्थापिका संसदकोरुप नियमावली पारित गरेको छ। संविधानसभा नियमावली मस्यौदा समितिले पेश गरेको नियमावली बैठकले पारित गरेको हो।
त्यस्तै बैठकले ६ वटा संसोधन प्रस्ताव अस्वीकार गरेको छ।
त्यस्तै संविधानसभा बैठकमा पेश भएको १४ वटा संशोधन फिर्ता भएको छ। त्यसैगरी व्यवस्थापिका संसदको बैठकमा कुनै विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख वा संयुक्त राष्ट्र संघको महासचिवले सम्बोधन गर्न नेपाल सरकारले अनुरोध गरेमा सभामुखले ब्यवस्था मिलाउने नियमसमेत बनाइएको छ। SETOPATI