सन्धिखर्क, अर्घाखाँची (२०७० चैत्र ०९ आइतवार)। एसएलसी परीक्षाको तेस्रो दिन अर्घाखाँचीका विभिन्न विधालयमा चिट चोर्दै गर्दा ३ जना बिद्यार्थी निष्काशित भएका छन् ।
सरस्वति माबि सितापुर केन्द्रबाट १ जना छात्र र १ जना छात्रा गरि २ जना निस्कासित भए त्यस्तै युवाबर्ष जनता रबिचित्र उच्चमाबि सन्धिखर्कबाट १ जना छात्रा निस्कासित भएको जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गणित बिषयको दिन निस्कासित हुने ३ जना नै इक्जाम्टेड तर्फका बिद्यार्थी रहेका छन । आजको बिषयमा अर्घाखाँचीका १६ केन्द्रबाट नियमित तर्फ ७ जना र इक्जाम्टेड तर्फ १६२ जना परिक्षार्थी अनुपस्थित रहेका थिए ।
यस बर्ष जिल्लामा ३ हजार ५३ नियमित र १८ सय ५० जना एक्जेम्टेड गरि जम्मा ४९ सय ३ जना विद्यार्थी परिक्षामा सहभागि भएका छन् । नियमित तर्फ ३२ सय २५ जनाले आवेदन भरेपनि हाजिरी नपुगेका कारण १ सय ७२ जना विद्यार्थी परिक्षामा बस्न पाएका छैनन ।
जिल्लामा यो वर्ष १६ ओटा परिक्षा केन्द्र तोकिएको छ । परिक्षामा १६ ओटा केन्द्राध्यक्ष,२४ ओटा सहायक केन्द्राध्यक्ष, २०३ निरिक्षक र ६७ सहयोगी गरी ३ सय १० जनालाई खटाइएको छ ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।