चैत्र १० । विश्व बैंकले नेपाललाई साढें १४ अर्ब रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । बैंकले नेपालको राष्ट्रिय ग्रामीण सडक सुधार कार्यक्रम र जल तथा सिंचाइ व्यवस्थापन परियोजना कार्यान्वयनका लागि अनुदान र ऋण गरी १५ करोड अमेरिकी डलर सहयोग गर्ने समझदारी गरेको हो ।
सडक सुधारका लागि बैंकले १० करोड डलर मध्ये ७ करोड २० लाख डलर अनुदान र २ करोड ८० लाख डलर ऋण सहयोग गर्न लागेको हो ।
यस्तै, जल तथा सिंचाइ परियोजनाका लागि गर्न लागेको ५ करोड डलर सहयोग मध्ये २ करोड अनुदान र ३ करोड ऋण सहयोग रहेको छ । अर्थमन्त्रालमा सोमबार यस सम्बन्धी समझदारी भएको हो ।
समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट देशिय निर्देशक जोहान्स जटले हस्ताक्षर गरेका हुन् ।
सडक सुधार परियोजना ३३ जिल्लामा सञ्चालन हुनेछ । ग्रामीण क्षेत्रमा सडक सञ्जाल सुधार गरी समावेशी आर्थिक विकासका लागि नमूना परियोजना मानिएको यस परियोजनाले ग्रामीण क्षेत्रका झण्डै डेढ करोड जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
यस्तै, जल तथा सिंचाइ व्यवस्थापन परियोजना ४५ जिल्लामा सञ्चालन हुँदै आएको छ । IMAGECHANNELS