काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त बैठकले शीर्ष नेता सम्मिलित सरकार सञ्चालन समन्वय समिति गठन गरेको छ। प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले कांग्रेसबाट ४ र एमालेबाट ४ जना रहनेगरी संयुक्त सरकार सञ्चालन समन्वय समिति गठन गरेको छ।
समितिमा कांग्रेसबाट प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह रहेका छन् भने एमालेबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव कुमार नेपाल, केपी शर्मा ओली र उपप्रधानमन्त्री वामदेव गौतम रहेका छन्।
“सरकार सञ्चालनको क्रममा आउने असमझदारीलाई यहि समितिले समाधान गर्छ” उपसभापति पौडेलले भने।
‘ नागरिक