पूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

तेह्रथुम, चैत्र ११ । तेह्रथुम र संखुवासभाका उच्च भेगमा पुनः हिमपात भएको छ । केही महिनाअघि परेको हिउँ पग्लन नपाउँदै फेरि हिमपात भएपछि चिसो बढेको छ भने जनजीवन कष्टकर भएको छ ।
जिल्लाका टुटे देउराली, घुर्मिसे, पाँचपोखरी, मंगरबारे, गुफाबजार लगायतका स्थानमा बाक्लो हिउँ जमेको छ । हल्का वर्षासँगै परेको हिउँले माथिल्लो क्षेत्रका पैदल मार्गहरु पुरिएका छन् ।
जंगलमा रहेका भेडीगोठ र चौंरी गोठमा रहेका वस्तुभाउ समेत जंगलमै अलपत्र परेको स्थानीय वासिन्दाले बताएका छन् । हिउँले गुराँसको राजधानीको रुपमा रहेको तीनजुरे, मिल्के र जलजले क्षेत्र समेत पूरै ढाकेको छ । IMAGECHANNELS