दक्षिण एसियाली राष्ट्रका मानवअधिकार रक्षकहरुको सम्मेलन काठमाडौमा शुरु

काठमाडौं, चैत्र १२ । दक्षिण एसियाली राष्ट्रका मानवअधिकार रक्षकहरुको सम्मेलन राजधानी काठमाडौमा शुरु भएको छ ।
काठमाडौ सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, वंगलादेश, श्रीलंका र भुटानका मानवअधिकार रक्षकहरुको सहभागिता रहेको छ ।
दुई दिन सम्म चल्ने सम्मेलनका सहभागी मानवअधिकारवादीहरुले दक्षिण एसियाली राष्ट्रहरुमा मानवअधिकारको रक्षाको विषय अझैपनि चुनौतीपूर्ण रहेको वताएका छन् । 
सम्मेलनमा मानवअधिकार रक्षकहरुको सीप तथा क्षमता अभिवृद्धि गरी उनीहरुलाई सुरक्षित रुपमा कार्य गर्ने वातावरण तयार पार्न राज्यको ध्यानाकर्षण गराइएको छ । 
– रासस