संविधानसभामा रहेका मुख्य तीन दलबीच पांच बुंदे सहमति

काठमाडौं, चैत्र १३ । संविधानसभामा रहेका मुख्य तीन दलबीच पांच बुंदे सहमति भएको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको तीन दलका शीर्ष नेताको बैठकमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सहमतिका बुंदाहरुमा सरकार संचालन र संविधान लेखनमा सहजीकरण गर्न उच्चस्तरीय राजनीतिक समिति बनाईने, संविधासभामा समितिहरुका सभापति चयन सहमतिबाट गर्ने, निर्वाचनको शुद्धताबारे छानविन गर्न संसदीय समिति बनाईने र मूल्यबृद्धि अनुगमन संसदीय समिति बनाईने छन् ।
मन्त्रिपरिषदले मनोनयन गर्ने संविधान सभाका २६ सीट दलहरुलाई भागवण्डा गरेर सदस्य मनोनीत गर्ने बारेमा पनि तीन दलबीच छलफल भएको छ । Imagechannels