१४ चैत, काठमाडौं । जेठी छोरी ज्ञानु केसीको निधन भएपछि शोकमा रहेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिन सार्वजनिक कार्यक्रममा उपस्थित नहुने भएका छन् ।
क्यान्सर रोगका कारण छोरी ज्ञानुको विहीबार निधन भएपछि अध्यक्ष प्रचण्ड लाजिम्पाटस्थित निवासमा छोरीको शोकमा बस्ने भएका हुन् ।
छोरीको निधन भएपछि शुक्रबार बसेको संविधानसभाको बैठकमा पनि प्रचण्ड उपस्थित भएनन् । हिन्दू संस्कारअनुसार छोरी ज्ञानुको अन्तिम संस्कार गरिएपनि दाहाल परिवारले काजकिरिया नगरी शोकमात्र मनाउने भएको छ ।
शोक मनाउने क्रममा दाहाल परिवारले ज्ञानु केसीको फोटो लाजिम्पाटस्थित निवासमा राखेर शुभचिन्तकहरुले श्रद्दाञ्जली दिने व्यवस्था गरिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । ONLINEKHABAR