काठमाडौं, चैत्र १४ – सहमतिका लागि भन्दै निर्वाचन स्थगित गरिएको कांग्रेस ससदीय दलको कार्यसमिति शुक्रबार बन्न सकेन । सहमति जुटाउन गठित तीन सदस्यीय समितिले नाम दिन नसकेमा शुक्रबार बिहानैदेखि निर्वाचन हुने कार्यक्रम तय गरिएको थियो । तर, निर्वाचन समितिले अनिश्चितकालीन सूचना टाँस गरेपछि अन्योल खडा भएको हो ।
महामन्त्री पूर्णबहादुर खड्का, संगठन विभाग प्रमुख आनन्द ढुंगाना र प्रमुख सचेतक चीनकाजी श्रेष्ठ सदस्य रहेको समितिले संस्थापन पक्षलाई साठी र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षलाई चालीस प्रतिशतका आधारमा सहमतिको प्रयास थालेको छ । तर, आकांक्षी उम्मेदवारहरूले भागबन्डाको चर्को विरोध गरेपछि समितिलाई सर्वसम्मति जुटाउन अप्ठ्यारो परेको छ । उसले उम्मेदवारहरूसँग बिहीबार सिंहदरबारमा छलफल गर्दा अधिकांशले भागबन्डाको चर्को विरोध गरेका थिए ।
संसदीय दलको १७ कार्यसमिति सदस्यका लागि ३२ को उम्मेदवारी परेको छ । तीमध्ये विकास क्षेत्रका ५ पदका लागि ११ र ११ समावेशीलाई २१ जना उठेका छन् ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र १४