काठमाडौं, चैत्र १४ । पेट्रोलिय पदार्थको मूल्य सम्बन्धमा विस्तृत अध्ययन गर्नका लागि संसदीय समिति गठन गरिएको छ । आज बसेको संसद बैठकले ११ सदस्यीय पेट्रोलियम पदार्थ छानबिन समिति गठन गरेको हो ।
त्यसैगरी, बैठकले ६९ सदस्यीय संसदीय सुनुवाई समिति पनि गठन गरेको छ ।
मुख्य तीन दलबीच हिजो उच्चस्तरीय राजनीतिक समिति बनाउने, सहमतिकै आधारमा विभिन्न समितिहरुका सभापति चयन गर्ने, निर्वाचनको शुद्धताबारे छानबिन गर्न संसदीय समिति बनाउने र मूल्यबृद्धि अनुगमनका लागि संसदीय समिति बनाउने सहमति भएको थियो । IMAGECHANNELS