काभ्रेमा एक ११ वर्षीया बालिकाको जंगलमा लगरे सामूहिक बलात्कार

काभ्रे, चैत्र १४ – एक ११ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार  भएकी छन् । 
रामेछाप घर भई उग्रतारा १ मा डेरा गरी बस्ने बालिलाई उग्रतारामा रहेको बालकुमारी जंगलमा लगरे ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । 
प्रहरीले घट्नामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । चौथो व्यक्तिको खोजी जारी रहेको एसपी अरुणुमार बीसीले बताए । उनका अनुसार पक्राउ पर्नेमा  उग्रतारा १ डेरा गरी बस्ने दिपक कार्की, रोशन रंजित र दिपेश तामाङ रहेका छन । उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाले हिरासतमा राखेर घटनाको थप अनुसन्धान थालेको छ ।
बलात्कारपछि बालिकालाई ५० रुपैयाँ दिएर कसैलाई पनि नभन्नु भन्दै उनीहरुले फकाउने प्रयास गरेका थिए । बलात्कृत बालिकाको बाबु बैदेशिक रोजगारीका लागि बिदेशमा छन । आमा जिविको पार्जनका लागि मजदुरी गर्छिन् ।
 EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र १४