आगामी सन् २०१९ सम्ममा आन्तरिक र बाह्य उडानको लागि नेपाल बायू सेवा निगमको लागि २२ वटा जहाज ल्याउने योजना

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीमप्रसाद आचार्यले आगामी सन् २०१९ सम्ममा आन्तरिक र बाह्य उडानको लागि नेपाल बायू सेवा निगमको लागि २२ वटा जहाज ल्याउने घोषणा गरेका छन। 
 
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भने- आन्तरिक उडानको लागि अहिले एउटा विमान ईन्जिन भाडामा लिएर उडाईरहेका छौ, दुई वटा विग्रिएको विमान चार महिना भित्र बनेर उड्छ। एउटा ठूलो र एउटा सानो विमान एक महिनाभित्र चीनबाट आउँछ, बाँकी तीन जहाज पनि चिनबाट आउने तयारीमा छ।, उनले भने,सन् २०१९ सम्ममा चार वटा ठूलो र ११ वटा सानो जहाज बनाएर ब्यवसायीक र सेवा मुलक क्षेत्रमा चलाउने योजना बनाएको छु।
 
साक्षात्कारमा मन्त्री आचार्यले सो समयभित्र निगमले उडान भर्ने ३६ वटा गन्तब्यलाई पुन कब्जा गर्ने गरी बाह्य उडानको लागि दुई विमान पाईप लाईनमा रहेको र बाँकी दुई वटा वाईड र तीन वटा न्यारो बडीको जहाज खरिदको प्रक्रिया पनि तत्काल अघि बढाउने जानकारी दिए।
 
सोही अवधिसम्म बायू सेवा निगमको दुई वटा पुराना बोईङलाई विस्थापित गर्ने योजना समेत उनले सुनाए। जसमध्ये एक सन् २०१५ सम्म र अर्को २०१९ सम्म प्रतिष्थापन गर्ने तयारी भईरहेको उनले बताए।  
 
नेपाल बायू सेवा निगमको झण्डै ८७ अरब रुपैयाँको बजार विदेशीको कब्जामा गएको भन्दै मन्त्री आचार्यले एक महिनाभित्र विजनेश प्लान ल्याएर कार्टेलिङ अन्त्य गर्न ईटिकेटिङको ब्यवस्था गरेर नाफामुलक क्षेत्रमा अघिक उडान गर्ने तयारी गरिरहेको बताए। उनले भने