लाईसन्स नलिईकन राज्यलाई कर नतिरी अवैध रुपमा सञ्चालनमा रहेका अर्घाखाँचीका छ वटा ईटा उद्योग बन्द

राज्यलाई कर नतिरी अवैध रुपमा उद्योग सञ्चालन गर्ने तथा लाईसन्स नलिईकन उद्योग खोलेका मोतिजंग रायमाझीले अडगुरीको करेवाङ, नारायण खनालले गच्छे, वसन्त भुसालले अर्घा विहार, कृष्ण भुसालले सन्धिखर्क-३, युवराज खत्री (प्रेम) ले खरिपाटा र नारायण चुदालीले वर्षौ देखी ईटा उत्पादन गर्दै आएका थिए । रायमाझी र खनाल एमालेका जिल्ला सदस्य हुन, वसन्त र कृष्ण एमाओवादी र खत्री काग्रेस समर्थक हुन । 



वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची (२०७० चैत्र १८ मंगलवार)। राज्यलाई कर नतिरी अवैध ढंगले सञ्चालन हुदै आएका छ वटा ईटा उद्योगलाई प्रशासनले बन्द गराएको छ । लाईसन्स नलिई दलका जिल्ला नेता र पहुच पुग्ने ठुला व्यापारीले नै सञ्चालन गरेका ईटा उद्योग शनिवार देखी बन्द भएका छन । 


 

वर्षौ देखी सञ्चालन भएका उद्योगमा सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनालको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगमा छापा मारी ईटा बनाउने साचो नियन्त्रणमा लिएर उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ । उद्योग बन्द भएपछि करिब पाँच सय जति मजदुरी बरोजगार भएका छन । सदरमुकाम नजिकैका अवैध उद्योग नियन्त्रणमा लिएपनि गाउँमा सञ्चालन भैरहेका उद्योग नियन्त्रणमा आएका छैनन् । 



उद्योग सञ्चालकले कानुनी प्रक्रिया अनुसार दर्ता नगराई अवैधानिक ढंगले तराईबाट मित्री ल्याएर अवैधानिक रुपमा ईटा उत्पादन भएको पाईयो, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले भने, ईटा बनाउने साचो पनि नियन्त्रणमा लिएका छौं, गैरकानुनी रुपमा उद्योग सञ्चालन गर्न पाईदैन । उद्योग सञ्चालकले खेतीयोग जमिन र खेतको बीचमा वर्षौ देखी उद्योग सञ्चालन गरी ईटा उत्पादन गर्दै आएका थिए । अवैध रुपमा उद्योग सञ्चालन गर्नेमा राजनीतिक दलका नेता र ठुला व्यापारी छन । लाईसन्स नलिईकन उद्योग खोलेका मोतिजंग रायमाझीले अडगुरीको करेवाङ, नारायण खनालले गच्छे, वसन्त भुसालले अर्घा विहार, कृष्ण भुसालले सन्धिखर्क-३, युवराज खत्री (प्रेम) ले खरिपाटा र नारायण चुदालीले वर्षौ देखी ईटा उत्पादन गर्दै आएका थिए । रायमाझी र खनाल एमालेका जिल्ला सदस्य हुन, वसन्त र कृष्ण एमाओवादी र खत्री काग्रेस समर्थक हुन । 



जिल्लामा २०५२ साल देखी ईटा उद्योग सञ्चालन शुरु भएको थियो । अनुगनम गर्दा कसैको पनि लाईसन्स भेटिएन, खनालले भने, अवैध रुपमा सञ्चालन गर्न पाईदैन, सरकारबाट लाईसन्स नलिदासम्म उत्पादनमा रोक लगाईएको छ । उद्योग मालिकलाई बन्द गर्न पत्र पठाएको र आलटाल गरे कानुन अनुसार कारवाही गरिने उनले बताए ।  वन क्षेत्र भएको स्थान देखी तीन किलोमिटर टाढा र खेतीयोग्य जमिनमा उद्योग सञ्चालन गर्न पाईदैन तर यहाँ कुनै लाईसन्स नलिईकन वर्षौ देखी अवैधानिक ढंगले उद्योग सञ्चालन गरेको भेटिएको प्रशासनको दावी छ । अहिलेसम्म कसैले हेरेको रहेन्छ, खनालले भने, उद्योग सञ्चालन गरेपछि राज्यलाई कर तिनुपर्छ तर यहाँ अवैध कामलाई सबैले संरक्षण गरेको पाईयो, आन्तरिक राजश्व कार्यालय कृष्णनगरले जिल्लामा आएर अनुगमन गरेपनि ढाकछोप गरेको हुनसक्ने आशंका छन ।



यस्ता ईटा भट्टीमा नपकाईकनै बिक्री गरेका छन । बी एस ईटा उद्योगका सञ्चालक वसन्त भुसालले सरकारले लाईसन्स दिने व्यवस्था गरे कर तिरेर उद्योग सञ्चालन गर्न तयार रहेको दावी गरे । 





विज्ञापन


अन्य समाचारहरु