प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १८ चैत । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीको आयोजनामा सरसफाइ च्याम्पीयनहरुका लागि दुइ दिने सरसफाइ च्याम्पीयन तालिम आज मंगलबार देखि सन्धिखर्कमा सुरु भएको छ ।
अर्घाखाँचीलाइ सन २०१४ भित्र खुल्ला दिसामुक्त गाविस घोषणा गरि जिल्लालाइ सरसफाइको क्षेत्रमा नमुना जिल्ला बनाउनका लागि आफ्नो गाँउमा सरसफाईको क्षेत्रमा उल्लेख्य योगदान गरेर गाउलाइनै खुल्ला दिसा मुक्त बनाउन र सरसफाइमा आफ्नो गाँउलाइ नमुना गाँउ बनाउन लागिपरेका १७ गाविसका ३४ जना सरसफाइ च्याम्पीयनहरुको तालिममा सहभागिता रहेको छ ।
ग्लोबल स्यानीटेसन फण्ड युयन ह्याबिटाटको सहयोग र इकार्डस नेपाल र प्रकास सचेतन समुह (प्राग)को सहजीकरणमा सुरु भएको तालिमको उद्घाटन गर्दै जिबिसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धु्रब गिरीले जिल्लालाइ सरसफाइको क्षेत्रमा नमुना जिल्ला बनाउन सबै एक जुट हुनु पर्ने बताउनु भयो । उहाले तालिममा सिकेका कुरालाइ आफ्नो समुदायमा लगेर आफ्नो समुदायलाइ स्वच्छ राख्ने प्रत्येक ब्यक्तिको कर्तब्य भएको बताउनु भयो ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्यले सरसफाइ च्याम्पीयनहरुले आफ्नो क्षेत्रमा गरेको सरसफाइ योगदानलाइ अझ बढ्वा दिन तालिमले महत्व पुर्ण भुमिका खेल्ने बताए ।
तालिमको सहजीकरण युयन ह्याबिटाटका जिल्ला संयोजक बिष्णु दवाडी, सरसफाइको क्षेत्रमा काम गरिहेका सस्थाहरु नेष्ट नेपालका कार्यक्रम संयोजक बिनोद प्रसाद शर्मा, इकार्डस नेपालका जिल्ला संयोजक गोपाल घिमिरे, कार्यक्रम संयोजक कृष्ण जिसि, प्रागका सचिब प्रेमनारायण गैरे, लुम्बिनी सामाजिक बिकास केन्द्रका सुरज सारु, कार्यक्रम संयोजक बिभु भुसाल लगायते गरिरहेका छन ।
कार्यक्रमको उद्घाटन समारोह प्रागका अध्यक्ष बाबुराम शर्माको अध्यक्षता, र सचिब प्रेमनारायण गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।