अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची चैत्र १९ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा भएको पहिलो साधरणसभामा बुधबार स्कुलमा पढने साना-साना विद्यार्थीहरुको वाहुल्यता देखियो । साधरण सदस्य भन्दा स्कुले बालबालिका र अतिथि धेरै थिए । सम्पूर्ण लोक तथा दोहोरी गितका कलाकारको छाता संगठनको रुपमा रहेको प्रतिष्ठान अर्घाखाँचीको पहिलो साधरण सभामा लोक दोहोरी कलाकारहरुको पनि उल्लेखनिय उपस्थिति देखिएन ।
सदरमुकाम सन्धिखर्कमा रहेको गंगा निम्न माध्यमिक विद्यालयका करिव २० जना विद्यार्थीहरु साधरण सभामा विद्यालयको पोशाक लगाएर आएका थिए । स्कुलकी शिक्षिका राधा आचार्यले विद्यार्थीलाई साधरण सभामा सहभागि गराएकी हुन । स्कुलको परिक्षा सकिएपछि विद्यार्थीलाई लिएर आएको उनले बताइन ।
१ सय १० जना साधरण सदस्य रहेको लोक दोहोरी प्रतिष्ठान अर्घाखाँचीको पहिलो साधरणसभामा स्कुले विद्यार्थी र अतिथि धेरै भए । लोक तथा दोहोरी गित प्रतिष्ठानमा गैर कलाकार हावी हुने गरेको जिल्लाका कलाकारहरुले बताउने गरेका छन् । साधरण सभामा वोल्ने बक्ताहरुमा पनि लोक लोक दोहोरी क्षेत्रका कलाकार भन्दा धेरै पत्रकारहरु रहे ।
साधरण सभालाई सम्वोधन गर्दै लोक दोहोरी प्रतिष्ठान लुम्बिनी अञ्चलका कोषध्यक्ष दिपक श्रेष्ठले राज्यले कलकारलाई सम्मान नगरेको बताए । उनले कलाकारका मागलाई राज्यले सम्वोधन गर्नु पर्नेमा जोड दिए । उनले लोक तथा दोहोरी गायिका मञ्जु महतको निधनले लोक दोहोरीको क्षेत्रमा मात्र नभएर समग्र कलाकारीता क्षेत्रलाईनै ठुलो क्षति भएको बताए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सल्लाहकार हिमबहादुर जिसी, बजार सुधार समितिका उपाध्यक्ष यमनारायण पाण्डे, संस्कृति संरक्षण समितिका अध्यक्ष जनार्दन खनाल, पत्रकार महसंघका सचिव प्रेमनारायण आचार्य, पत्रकारहरु बीरेन्द्र केसी, सुर्यप्रसाद भुसाल गणेश खनाल, हरिप्रसाद भुसाल लोकदोहोरी गित प्रतिष्ठानका सहसचिव शान्ता खासु मगर लगायलले मन्तव्य राखेका थिए । कार्यक्रम लोक दोहोरी गित प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष सहयोगी विसीको अध्यक्षता र सचिव रामकुमार विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।