संविधानसभा चुनावमा पराजय भोगेका केही दलहरु स्थानीय चुनावबाट डराएको एमालेका माधवकुमार नेपालको आरोप

धादिङ, चैत्र १९ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केही दल स्थानीय निकायको चुनावदेखि तर्सिन थालेको बताएका छन् । धादिङको सदरमुकाम धादिङबेसीमा आज पत्रकार भेटघाटमा नेता नेपालले स्थानीय चुनावको लागि सबै दलले हस्ताक्षर गरेपनि संविधानसभा चुनावमा पराजय भोगेकाहरु स्थानीय चुनावबाट डराएको आरोप लगाए ।


प्रधानमन्त्री सुशील कोइरालाले स्थानीय निकायको निर्वाचन घोषणा गर्न नसकेको पनि उनले टिप्पणी गरे ।


उनले वर्तमान सरकारलाई न्यून गति, संकीर्ण सोंच र फराकिलो छाति नभएको सरकारको आरोप समेत लगाए । IMAGECHANNEL