प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १९ चैत । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अर्घाखाँची शाखाको प्रथम बार्षिक साधारण सभा सदरमुकाम सन्धिखर्कमा आज सम्पन्न भएको छ ।
साधारण सभाको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी अञ्चल कोषाध्यक्ष दिपक श्रेष्ठले उद्घाटन गर्दै देसको मौलिकता र सस्कृतिको संरक्षण गर्नमा लोकदोहोरि गित प्रतिष्ठानले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।
उहाले कला र गला बेचेर बाचेका कलाकारहरुको बिकासका लागि राज्य पक्षबाट पनि सहयोग अपरिहार्य हुने बताउनु भयो ।
कार्यक्रममा सस्कृति संरक्षण मञ्चका अध्यक्ष जनार्दन खनालले सस्कृतिको सरक्षण गर्नु सबै नेपालीको कर्तब्य भएको बताउदै लोक दोहोरि गित प्रतिष्ठानले पर्यटन प्रबद्र्धनमा पनि महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा लोदोहोरि गित प्रतिष्ठानका सल्लाहाकार हिमबहादुर जिसि लेकाली, बजार सुधार समितका उपाधयक्ष यमराज पाण्डे, पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य, पत्रकारहरु सुर्यप्रसाद भुसाल, गणेश खनाल , बिरेन्द्र केसी, हरिप्रसाद भुसाल लगायतले साधारण सभाको सुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अर्घाखाँची शाखाका अध्यक्ष सहयोगी बिसीको अध्यक्षता , सचिब रामकुमार बिष्टको सञ्चालन र सहसचिब शान्ता खासु मगरको स्वागत मन्त्बयमा सम्पन्न भएको हो ।