नेपालका प्रधानमन्त्री सुशील कोइराला विश्वकै गरीब राजनेतामापर्ने सम्भावना

काठमाडौं, चैत्र २१ । नेपालका प्रधानमन्त्री सुशील कोइराला विश्वकै गरीब राजनेतामापर्ने सम्भावना देखिएको विश्वका स्थापित सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाबाट प्रकाशित हुने द वासिंगटन पोष्ट र बेलायती समाचार संस्था बीबीसीले नेपाली प्रधानमन्त्री सुशील कोइराला सम्भवतः विश्वकै सबैभन्दा मितव्ययी राजनेतामा पर्ने खबर सम्प्रेषण गरेका छन् ।
अहिलेसम्म विश्वकै गरीब नेताको उपमा पाएका उरुग्वेका राष्ट्रपति जोसे मुजिकाको उक्त उपाधि आगामी दिनमा कोइरालाले खोस्नसक्ने ती समाचार संस्थाले आंकलन गरेका छन् ।
आफ्नो खबरमा वासिंगटन पोष्ट लेख्छ