पोखरा, चैत्र २१ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान बनाउनका लागि जनताको दबाव आवश्यक हुने बताएका छन् ।
पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैटौंको १९औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले तोकिएकै समयमा संविधान जारी गर्न जनस्तरबाट दबाव दिनुपर्ने बताए ।
उनले संविधानसभा चुनावमा जनताले जातीय संघीयतालाई अस्वीकार गरेको भन्दै जनताको म्याण्डेटअनुसार नै संविधान निर्माण गर्नुपर्नेमा जोड दिए ।
चैत्र २३ गतेसम्म चल्ने अखिल छेटौंको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । IMAGEKHABAR