एकल जातीय पहिचानको आधारमा राज्य पुनर्संरचना हुन नसक्ने प्रधानमन्त्रीको भनाई

सुनसरी, चैत्र २३ । प्रधानमन्त्री सुशील कोइरालाले एकल जातीय पहिचानको आधारमा राज्य पुनर्संरचना हुन नसक्ने बताएका छन् ।
 आज सुनसरीको इटहरीमा बुढी गंगा मुक्ति घाटको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले दोस्रो संविधानसभा चुनावले एकल जातिय राज्यको अवधारणालाई अस्वीकार गरेको बताए ।
उनले अघिल्लो संविधानसभाले संविधान लेखनको ८० प्रतिशत काम सकिसकेको भन्दै बाँकी २० प्रतिशत काम पनि छिट्टै पुरा हुने दाबी गरे । संविधान लेखनको काम सकेर आगामी माघ ८ गते संविधान जारी गरिने प्रधानमन्त्री कोइरालाको भनाई थियो ।
IMAGEKHABAR