काठमाडौं, चैत्र २४ । प्रधानमन्त्री सुशील कोइरालाले आज मन्त्रिपरिषद विस्तार गरेका छन् ।
साना दलका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेका प्रतिनिधिलाई सरकारमा सहभागि गराएका हुन् । राप्रपाले बाणिज्य तथा आपूर्ति तथा मालेले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री कोइरालाले बाणिज्य तथा आपूर्ति मन्त्रीमा राप्रपा नेता सुनील थपा र महिला बालबालिका तथा समाजकल्याण मन्त्रीमा माले नेतृ निलम खड्कालाई सपथ दिलाएका थिए।
आज विहान बसेको कांग्रेस पदाधिकारी तथा कांग्रेसका मन्त्रीहरुको बैठकले यस्तो निर्णय गरेको थियो ।