व्यवस्थापिका संसदभित्रै बुधबार नाराबाजी गर्ने छ जना अस्थायी शिक्षकहरुलाई पक्राउ

व्यवस्थापिका संसदभित्रै बुधबार नाराबाजी गर्ने छ जना अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ। 
दर्शकदिर्घामा रहेका उनीहरुले संसदभित्रै शिक्षा ऐन लागू गर भनी नाराबाजी गरेका थिए।
सभामुखले संसदका समितिहरु गठन भएको जानकारी गराउनेबित्तिकै उनीहरुले नाराबाजी गरेका हुन। उनीहरुलाई हतारहतार मर्यादापालकले नियन्त्रणमा लिएका थिए। SETOPATI