चैत्र २७- सरकारले संविधानसभाका रिक्त रहेका क्षेत्रहरुमा असार ८ गते आइतबार उपनिर्वाचन गर्ने भएको छ।
मन्त्रिपरिषद्को बैठकले बिहीबार यो निर्णय गरेको जानकारी प्रवक्ता मिनेन्द्र रिजालले दिएका छन्।
कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, अर्का कांग्रेस नेता शेरबहादुर देउवा, एमाले नेता माधवकुमार नेपाल र उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतमले दुई-दुई स्थानमा चुनाव जितेपछि छोडेर बाँकी रहेका स्थानहरुमा असार ८ गते चुनाव गर्ने जानकारी सरकारले दिएको हो।
मन्त्रिपरिषद् बैठकले सचिव पदस्थापन तथा हेरफेरको निर्णयसमेत गरेको छ। SETOPATI