– अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची २७ चैत । अर्घाखाँची युवा परिषदको आयोजनामा जिल्ला सदरमुकाम सन्धिखर्कको टुडिखेलमा पहिलो पटक राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता शुरु भएको छ ।
भलिबल प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले उदघाटन गरे । उदघाटन समारोहमा बोल्दै प्रजिअ पाठकले जिल्लामै पहिलो पटक राष्ट्रिय स्तरको भलिवल प्रतियोगितको आयोजना गर्नुले जिल्लाको पहिचानललाई उच्च राख्नेमा आफू आशावादी भएको बताए । उनले खेलकुदबाट मानिसलाई मनोरञ्ज मात्रै मिल्ने नभएर शारिरीक स्वच्छता पनि मिल्ने भएकाले यसको विकास आवश्यक भएको बताए ।
उदघाटन शत्रमा नेपाली कांग्रेसका सभापति कमलप्रसाद भुसाल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष जीवनारायण कोइराला, एनेकपा माओवादीका केन्द्रिय सदस्य कमल खनाल, नेकपा-माओवादीका केन्द्रिय सदस्य भेषराज भुसाल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापा, परिषदका अध्यक्ष कृष्ण भुसाल महासचिव धर्मराज भुसाल लगायतले बोलेका थिए ।
कर्मचारी Vs पत्रकार: कर्मचारी र पत्रकार समूह बीच मैत्रीपूर्ण खेलमा कर्मचारी विजयी भएको थियो ।
प्रतियोगितामा दशवटा टिमले भाग लिएका छन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, चन्दननाथ गण सन्धिखर्क अर्घाखाँची, बिजौरी युवा क्लव दाङ, पाणिनि वहुमुखि क्यामपस अर्घाखाँची, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची, नवयुवा क्लव सितापुर अर्घाखाँची, डिभर्ना गाविस अर्घाखाँची, साथी वचत तथा ऋण सहकारी संस्था अर्घाखाँची, हंसपुर गाविस अर्घाखाँची, श्रय इन्टरप्राइजेज बाग्लुङ्गले भाग लिएको परिषदका सदस्य कृष्ण खनालले जानकारी दिए । प्रतियोगितामा अपेक्षा गरिए अनुसारका राष्ट्रिय स्तरका टिमहरुको सहभागिता नरहेको पाइएको छ ।
पहिलो दिन आयोजक र सरकारी कार्यालयका कर्मचारी बीच मैत्रीपूर्ण खेल भएको थियो । उक्त खेलमा आयोजक अर्घाखाँची युवा परिषदले जीत हासील गरेको थियो । प्रतियोगिता अन्तर्गतका खेलहरु श्ुाक्रबारबाट हुने भएका छन् ।
भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाइ एक लाख रुपैयाँ ,द्वितीय हुने टिमलाइ ५० हजार र तृतीय हुने टिमलाइ २५ हजार रुपैयाँ नगद सहित शिल्ड ,मेडल र प्रमाण पत्र प्रदान गरिने परिसदका सचिव डिल्ली खनालले बताए ।
जिल्लालाई राष्ट्रिय रुपमा परिचित गराइ आन्तरिक पर्यटनमा टेवा पु-याउनुका साथै भलिवल प्रेमी दर्शकहरुलाई भलिवल खेलको भरपुर मनोञ्जन प्रदन गर्ने उद्देश्यले खेलको आयोजना गगरिएको आयोजकले बताएको छ ।