सन्धिखर्कमा राष्ट्रब्यापी भलिवल: राष्ट्रब्यापी भलिबल प्रतियोगीताको पहिलो खेलमा त्रिभुबन आर्मी र दोस्रोमा स्यांजा र तेस्रोमा चन्दननाथ गणको जीत

प्रेमनारायण आचार्य

 

सन्धिखर्क, अर्घाखाँची २८ चैत । अर्घाखाँचीको  सदरमुकाम सन्धिखर्कमा जिल्लामै अहिले सम्मकै सबै भन्दा ठुलो राष्ट्रब्यापी  भलिवल प्रतियोगिताको पहिलो खेल त्रिभुबन आर्मीले  जितेको छ ।  

बेस्ट अफ फाइफमा बिहान ७ बजेबाट सुरु भएको  खेलमा डिभर्ना गाविसलाइ ८-८ र १२ मा ३ सेट हराउदै त्रिभुबन आर्मी क्लबले जीत हासिल गरेको हो ।


नौ १५ बजे पछि सुरु भएको अर्को खेलमा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीलाइ हराउदै स्यांजाले जीत हासिल गरेको छ ।  स्यांजाले लगातार ५,१२ र १३ मा ३ गेम जित्दै दोस्रो जीत हासिल पारेको छ ।


 त्यस्तै आजै भएको  तेस्रो खेलमा चन्दननाथ गण अर्घाखाँचीले  अमराबती युबा क्लब ठाडा लाइ हराउदै जीत हासिल गरेको छ । चन्दननाथ गणले १५,२० र १३ मा हराउदै लगातर ३ गेम जितेर जीत हात पारेको हो ।



   भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाइ एक लाख  द्धितीय हुने टिमलाइ ५० हजार  र तृतीय हुने टिमलाइ २५ हजार रुपैया नगद सहित शिल्ड , मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक अर्घाखाँची युबा परिसदका अध्यक्ष कृष्णप्रसाद भुसालले जानकारी दिए ।


 









अन्य समाचारहरु