जलबायु परिबर्तन र सामुदायिक बन बिकास कार्यक्रम सम्बन्धि कार्यक्रम सन्धिखर्कमा सम्पन्न

प्रेमनारायण आचार्य

 

सन्धिखर्क, अर्घाखाँची २८ चैत । जलबायु परिबर्तन र सामुदायिक बन बिकास कार्यक्रम सम्बन्धि २ दिने अन्तरक्रियात्मक गोष्ठी सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । 

 


 

सामुदायीक बन उपभोक्ता महासंघ नेपाल र जिल्ला महासंघ अर्घाखाँची हरियो बन कार्यक्रमको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । बिभिन्न सामुदायीक बनका ६० जनाको सहभागिता रहेको तालिममा सामुदायीक बन र जलबायु परिबर्तनका बिषयमा सचिबालय सदस्य ठाकुर भण्डारी र कमल आचार्यले सहजीकरण गरेका थिए ।

 


अर्घाखाँची जिल्लाको धनचौर, डेभा, ढिकुरा-नुवाकोटका केही गाउँ लगायत।

 

कार्यक्रममा सामुदायीक बन महासंघका सचिबालय सदस्य ठाकुर भण्डारी, सहायक जिल्ला बन अधिकृत मदन प्रसाद ढुंगाना , न्यायीक बिभाग सदस्य ईश्वरा पोख्रेल, जिल्ला महासंघका पुर्ब अध्यक्ष बुद्धिबहादुर रायमाझि  लगायतले मन्तब्य राखेका थिए ।

 

कार्यक्रम बन महासंघका जिल्ला अध्यक्ष माधब श्रेष्ठको अध्यक्षता र मधुकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।

 







 

अन्य समाचारहरु