नेपाल क्रिकेट संघ (क्यान) मा भएको भनिएको आर्थिक अनियमितताबारे अख्तियारले चासो देखाएको छ।
शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर अनियमितता भएको, व्यवस्थापनले क्रिकेट खेलाडीहरुलाई दिनुपर्ने सुबिधा नदिएको, क्रिकेट खेलको विकासमा उचित ध्यान नपुर्याएको भनी विभिन्न पत्र-पत्रिकामा आज प्रकाशित समाचारप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै विज्ञप्तिमा भनिएको छ,’ यस सम्बन्धमा आयोगले व्यवस्थापनका प्रमुख जिम्मेवार व्यक्तिहरुलाई झिकाई तत्काल अनुसन्धान एवं छानबिन शुरु गरेको छ।’
यसअघि नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुले क्यानमा अनियमिता हावी भएको भन्दै क्यानमा नेतृत्व परिवर्तनलगायतका आफ्ना माग पूरा नभएसम्म सम्पूर्ण प्रतियोगिता बहिस्कार गरेको छ। SETOPATI