चैत्र २८ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले अफ्रिकी मुलक सेन्ट्रल अफ्रिकन रिपब्लिक सीएआरमा १२ हजार शान्तिसेना तैनाथ गर्ने निर्णय गरेको छ । सेन्ट्रल रिपब्लिकमा जारी जातीय दंगालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले शान्तिसेना तैनाथ गर्ने निर्णय गरेको हो ।
सो राष्ट्रमा यसअघिनै दुई हजार फ्रान्सेली सेना र अफ्रिकी संघ (एयु)का ६ हजार सैनिक तैनाथ छन् । थप गरिने १२ हजार शान्ति सेनाले फ्रान्सेली र एयुुका सेनालाई साथ दिने जनाइएको छ ।
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा जारी हिंसाका कारण हजारौंले ज्यान गुमाइसकेका र १३ लाख जनता जिस्थापित भइसकेका जनाउँदै शान्ति सुरक्षालाई ध्यानमा राखी शान्तिसेना तैनाथ गर्न लागेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले जनाएको छ ।
सीएआर फ्रान्सको उपनिवेश राष्ट्र रहेको र त्यहाँ मुस्लिम र क्रिश्चियन समुदायबीचको जातीय दंगा भड्केको हो । यसअघि हिजो मात्रै भएको हिंसामा ३० जना सर्वसाधारण मारिएका थिए ।
– एजेन्सी