काठमाडौं, चैत्र २८ – संसदीय सुनुवाई बिशेष समितिले प्रधानन्यायाधीशमा अनुमोदन गरेका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले सपथ लिएका छन।
राष्ट्रपति रामवरण यादवले शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा सपथ खुवाएका हुन् ।
समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ । शर्माले बिहीबार सुनुवाईको क्रममा दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमाओवादी सभासद्हरुले उनलाई आलोचनात्मक समर्थन दिए ।
समितिका सदस्य जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले शर्माको नाममा समर्थन गरेनन् । नारायणमान बिजुक्छे भने तटस्थ बसे ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि शर्माविरुद्ध संसदीय सुनुवाई समितिमा न्यायालयमा हुने भ्रष्टाचारलगायत बिषयका तीन वटा उजुरी परेका थिए ।
तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष भएपछि शर्मा कामु थिए । रेग्मीले मन्त्रिपरिषद् अध्यक्षको पद सकिएसँगै राजीनामा दिएपछि शर्माले पदोन्नतीको अवसर पाएका हुन् ।
शर्मा २०६४ सालमा सर्वोच्चका स्याथी न्यायाधीश भएका हुन् ।
EKANTIPUR